चेल्सी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा

तस्बिर:एजेन्सी

चेल्सी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

मंगलबार राति फ्रेन्च क्लब लिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले अन्तिम १६ मा स्थान पक्का गरेको हो। चेल्सीको जितमा टमी अब्राहम र सेजर अजपिलिकुएटाले एक एक गोल गरे। यता लिलीका लागि रेमीले एक गोल फर्काए।

विलियमको क्रसलाई सदुपयोग गर्दै १९ औ मिनेटमा अब्राहमले क्लोज रेन्जबाट चेल्सीलाई अग्रता दिलाएका थिए।

अजपिलिकुएटाले ३५ औ मिनेटमा चेल्सीको अग्रता दोब्बर बनाएका थिए। इमरसनको कर्नरलाई सदुपयोग गर्दै उनले हेडमार्फत गोल गरेका थिए।

खेलको ७८ औ मिनेटमा रेमीले लिलीका लागि एक गोल फर्काएका थिए।

चेल्सी ११ अक सहित दोस्रो स्थानमा रहेर समूह चरण पार गर्यो। शीर्ष स्थानको भ्यालेन्सिया समेत ११ अंक सहित नकआउट चरण पुग्यो।

अजाक्स १० अंक सहित तेस्रो स्थानमा रहेर समूह चरणबाटै बाहिरियो।

प्रकाशित मिति: : 2019-12-11 07:24:40

प्रतिकृया दिनुहोस्