परबाट हेर्दा भव्य बंगला । बंगला वरिपरि घाँसैघाँस । ढोकाको छेउमा रहेको फ्रन्ट डेस्कमा फोहोरले छोपिएको । मान्छे छन् कि छैनन्, थाहा पाउन मुस्किल ।
बंगलाको भुइँमा रहेका अधिकांश कोठामा ताला मारिएको छ । माथिल्लो तल्लामा गाइँगुइँ आवाज सुनिन्छ । चहलपहल खासै छैन ।