२८ दिनपछि लता मंगेशकर अस्पतालबाट डिस्चार्ज, भनिन्- भगवानको आर्शिवादले म ठिक भए !

तस्बिर:एजेन्सी

लता मंगेशकर अस्पतालबाट डिस्चार्ज भएकी छिन्। ब्रिच क्यान्डी अस्पतालमा निमोनियाको उपचार गराइरहेकी मंगेशकर २८ दिनपछि आइतबार राति घर फर्किएकी हुन्।

उनले आइतबार ट्विट गर्दै आफू अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी छन्।

उनले ट्विटमा आफ्ना सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘नमस्कार, विगत २८ दिनदेखि म ब्रिच क्यान्डी अस्पतालमा थिए। मलाई निमोनिया भएको थियो। डाक्टरको सल्लाहअनुसार पूरै ठिक भएपछि मात्रै घर आएकी हुँ। भगवान् माई बाबाको आर्शिवाद र तपाईंहरुको माया र प्रार्थनाले म ठिक भए। सबैलाई हृदयदेखि नै धन्यवाद।’

लता मंगेशकरको स्वास्थ्य अवस्थाको विषयमा अफवाह फैलिएको थियो। सामाजिक सञ्जालमा केहीले उनको मृत्यु भएको हल्ला समेत फैलाएका थिए। यता सञ्चार माध्यमबाट उनको स्वास्थ्य स्थितीकोबारेमा चासो र चिन्ता व्यक्त गरिएको थियो।

प्रकाशित मिति: : 2019-12-09 09:24:59

प्रतिकृया दिनुहोस्