काठमाडौं उपत्यकाको तापक्रम सोमबार यो बर्षकै कम मापन

फाइल तस्बिर: बिएल

काठमाडौं उपत्यकाको तापक्रम सोमबार यो बर्षकै कम मापन गरिएको छ। सोमबार बिहानको तापक्रम ४ दशमलव ४ डिग्रि सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ। यस्तै, सोमबार देशको पूर्वी र मध्य पहाडी भेगको आकाशमा बादल लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

तराई क्षेत्रमा अहिले लागेको हुस्सु पनि विस्तारै हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसीर २३ गते (सोमबार)

दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

मंसीर २४ गते (मंगलबार)

दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ।

मंसीर २५ गते (बुधबार)

दिउँसो: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही उच्च पहाडि तथा हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने तथा बाँकी भूभागमा मौसम आंशिक बदलि रहनेछ।

राती: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वि पहाडी भू-भागमा सामान्य बदलि रही थोरै स्थानहरिमा हल्का देखि मध्ययम हिमपात हुने तथा बाँकी भूभागमा आंशिक बदलि रहनेछ।

प्रकाशित मिति: : 2019-12-09 09:09:47

प्रतिकृया दिनुहोस्