वीरगञ्ज हेल्थकेयरले गर्‍यो बलात्कृत ६ बर्षीया बालिकाको निःशुल्क उपचार

तस्बिर: बिएल

बाराको कलैयामा बलात्कृत बालिकाको उपचारमा लाग्ने सम्पूर्ण खर्च वीरगञ्ज हेल्थकेयर अस्पतालले व्यहोरेको छ।

आइतबार डिस्चार्ज भएकी बालिकाको अभिभावकको आर्थिक अवस्था दयनीय रहेको कारण अस्पताल भित्रका सम्पूर्ण खर्च निःशुल्क गरिएको मेट्रोन भूमिका अधिकारीले बताइन्।

भारतको बिहारबाट मामा घर कलैया गढिमाई दर्शनका लागी आएकी ६ बर्षिय बालीका गत मंसीर १७ गते छिमेकिबाट बलत्कारको सिकार भएकी थिइन्। अवस्था गम्भिर भएपछि उनका अभिभावकले कलैया अस्पताल लगेका थिए। तर त्यहाँ उपचार सम्भव नभएपछि वीरगञ्जको नारायणी अस्पताल र नेशनल मेडिकल कजेज हुँदै वीरगञ्ज हेल्थ केयरमा उपचारका लागि पुगेका थिए।

स्वास्थ्य अवस्था गम्भिर भएकी बालिकाको अस्पतालकी स्त्रि रोग विशेषज्ञ रमोला साहको टिमले शल्यक्रिया गरेका थिए। अस्पतालमा करिब ६ दिनको बसाईमा पिडित बालिकाको उपचार शुल्क ३६ हजार ५ सय रुपैयाँ भएको परिवार स्रोतले बताएका छन्।

'पैसाको अभाव भएको पिडितका अभिभावकसँग अस्पताल भर्ना भएपछि कुनै शुल्क मागेका छैनौं। बरु अन्तबाट पनि सक्दो सहयोग उपलब्ध गर्न लगाएका छौ।'मेट्रोन भूमिका अधिकारीले भनिन्।

बालिका आइतबार दिउँसो अस्पतालबाट डिस्चार्ज भएपछि अहिले मामा घर कलैयामा छिन्।

यता बारा प्रहरीले बालिकाको बयानअनुसार दोषीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

यो पनि

नारायणी र नेशनल मेडिकल कलेजको लापरवाही: बलात्कृत बालिकाले ७ घण्टासम्म उपचार पाइनन्

बारामा बलात्कृत ६ बर्षीया बालिकालाई रोटरी क्लबद्धारा २५ हजार सहयोग

कलैयामा दिउँसै ६ बर्षीया बालिका बलात्कृत

प्रकाशित मिति: : 2019-12-09 08:39:10

प्रतिकृया दिनुहोस्