'जस्तोसुकै चूनौती आएपनि निजगढ बिमानस्थलको निर्माण अघि बढाउँछु'

फाइल तस्बिर: बिएल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जस्तोसुकै चूनौती आएपनि निजगढ अन्तराष्ट्रिय बिमानस्थलको निर्माण अघि बढाएरै छाड्ने स्पष्ट पारेका छन्।

बारबरा फाउन्डेशनले काठमाडौँमा आइतबार आयोजना गरेको अन्तरक्रियामा उनले ठूला आयोजना निर्माणमा केहि समस्या आउनु स्वभाविक भएको भन्दै समस्यालाई चिर्दै निजगढ अन्तराष्ट्रिय बिमानस्थलको निर्माण अघि बढाएरै छाड्ने स्पष्ट पारेका हुन्। उनले बिकासको बहस हुनु स्वभाविक रहेको भन्दै राष्ट्रिय मिसनमा अघि बढ्ने जिकिर गरे।

पूर्वाधार बनाउदा सांस्कृतिक र ऐतिहासिक स्थलहरुलाई एकअर्कासंग सम्बन्ध जोडेर अघि बढ्न सकिने उनको भनाई छ। उनले लुम्विनी क्षेत्रको थप प्रवद्धनका लागि ग्रेटर लुम्विनीको अवधारणमा अघि बढिने जानकारी दिए।

उनले पर्यटन भ्रमण बर्ष २०२० को तयारी तिव्र रुपमा अघि बढरहेको जानकारी दिदै हिमालयन रेन्जको पर्यटन प्रवद्धन सरकारले काम अघि बढाइरहेको बताए।

प्रकाशित मिति: : 2019-12-08 18:23:25

प्रतिकृया दिनुहोस्