नागरिकता विद्येयक पास हुनेमा आशंका (भिडियोसहित)

प्रतिकारत्मक तस्बिर

सरोकारवालाहरुले संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विद्येयक पास हुनेमा आशंका व्यक्त गरेका छन्। हाल संसदको राज्य व्यवस्था समितिमा छलफलमै रहेको उक्त विद्येयकमाथि अझैपनि सहमति नजुटेका कारण संसदबाट पास हुनेमा आशंका व्यक्त गरेका हुन्।

नागरिकता बिधेयकका बारेमा छलफल गर्न काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले नागरिकता आगामी अधिवेशनमा पेश गर्ने गरी तयारी गर्न सम्बन्धीत समितिका सभापतिलाई आग्रह गरे। उनले समितिमा सहमति जुट्न नसक्ने मतविभाजनबाट पनि बिधेयकलाई पारित गर्न मिल्ने धारणा राखे।

विदेशी ज्वाइ अथवा विदेशी बुहारीलाइ दिइने अंगिकृत नागरिकताका बारेमा छलफलबाटै सहमति जुटाउनुपर्ने उनको भनाई छ।

कार्यक्रममा नेकपाका सांसदहरुले नागरिकता विधेयकमा समितिभित्रै सहजै सहमति जुट्ने संभावना न्युन रहेको धारणा राखेका थिए।

प्रकाशित मिति: : 2019-12-08 17:47:43

प्रतिकृया दिनुहोस्