लागूपदार्थ बनाउने रसायनसहित चिनियाँ नागरिक पक्राउ

तस्बिर:एजेन्सी

लागूपदार्थ बनाउने रसायनसहित चिनियाँ नागरिक काठमाडौंमा पक्राउ परेका छन्।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका १६ को एक कार्गोबाट ल्याएको ४ किलो २ सय ग्राम इफेड्रिनसहित चिनियाँ नागरिक झाङ चाओलाई शुक्रबार पक्राउ गरेको हो।

चिनियाँ नागरिकले निलो रङको कागजको डिब्बामा भित्र रंगीन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेममा फल्स बटम बनाई लुकाई लागूऔषध बनाउने उक्त सहायक रसायन नेपालबाट न्युजील्याण्डतर्फ लैजान लागेका ब्यूरोका एसपी वीरेन्द्र रावलले जानकारी दिए ।

चीनको सिचुवानका चाओ १५ नोभेम्बरमा पहिलो पटक काठमाडौं आएका थिए । उनले आफैले प्याकेजिङ गरेर न्युजील्याण्ड पठाउन खोजेको प्रहरीसमक्ष बताएका छन्।

चिनिया नागरिकबाट बरामद इफेड्रिनको चीनमा नेपाली मूल्य २ लाख २५ हजार रुपैयाँ र न्युजील्याण्ड पठाउँदा ५० लाख रुपैयाँ बराबरको हुन आउने प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति: : 2019-12-08 15:29:00

प्रतिकृया दिनुहोस्