तनावलाई मत्थर गर्न कोहलपुरमा ३ बजेदेखि कर्फ्यू

तस्बिर: बिएल

ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई कम गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।

बालिकाको मृत्यु भएपछि प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन्।

शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको मृत्यु भएको थियो।

आक्रोशित विद्यार्थी र स्थानीयहरुले ठक्कर दिने ट्रकमा आगजनी गर्नुका साथै करिब ७ वटा सवारीका साधानमा तोडफोड गरेका छन्।

विद्यार्थीहरुले राजमार्ग र सडक ठप्प पारेका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गरेका छन्।

तीब्र गतिमा रहेको ट्रकले प्रकृतिलाई ठक्कर दिइ घाइते बनाएको अवस्थामा ब्याक गरेर पुनः किचेको स्थानीयले जनाएका छन्।

घटनाबारे जानकारी गराउन जाँदा स्थानीय प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीले उल्टै अभद्र व्यवहार देखाएको स्थानीयहरुको भनाइ छ।

प्रकाशित मिति: : 2019-12-08 15:11:09

प्रतिकृया दिनुहोस्