विप्लव समूहका झापा जिल्ला सदस्य काठमाडौंमा पक्राउ

तस्बिर: बिएल

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सदस्य एवम् मेचीनगर इञ्चार्ज पक्राउ परेका छन्। पक्राउ पर्नेमा याम कुमार गिरी पक्राउ रहेका छन्।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गिरीलाई काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो।

गिरीमाथि झापाको बिर्तामोडस्थित सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको आरोप छ।

गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-08 13:28:17

प्रतिकृया दिनुहोस्