‘पति, पत्नी और ओ’ले धुम मच्चायो, ‘पानीपत’ भने फिस्स !

तस्बिर:एजेन्सी

शुक्रबारदेखि भारतमा २ वटा चलचित्र रिलिज भएका छन्। जसमा कमेडी प्रेम कथामा तयार भएको चलचित्र ‘पति, पत्नी और ओ’ र ऐतिहासिक कथामा निर्माण भएको चलचित्र ‘पानीपत’ छन्।

ऐतिहासिक कथामा बनेको ‘पानीपत’ले शुक्रबार ४.१२ करोडको मात्र ओपनिङ गरेको छ। यस चलचित्रमा संजय दत्त, अर्जुन कपुर र कृति सेनन रहेका छन्।

यता, नायक कातिक आर्यनको स्टारडम बक्स अफिसमा चम्किएको छ। शुक्रबार यो चलचित्रले ९.१० करोडको ओपनिङ गरेको छ।

नेपालमा भने ‘पानीपत’ रिलिज भएको छैन।

प्रकाशित मिति: : 2019-12-08 10:52:52

प्रतिकृया दिनुहोस्