भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले सन्यास लिँदै

फाइल तस्बिर: बिएल

भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले सन्यास लिने भएका छन्।

आइतबार मध्याह्न १२ बजे भारोत्तोलनबाट आफूले सन्यासको घोषणा गर्न लागेको अधिकारीले बताए।

२००६ को सागमा स्वर्ण जितेका थिए। भारोत्तोलनमा पुरुषतर्फ नेपालले जितेको यो एक मात्र स्वर्ण हो। २०१० मा उनको प्रदर्शन खराब रह्यो भने २०१६ को १२ औं सागमा उनले भाग लिएका थिएनन्।

४२ वर्षे अधिकारीले १३ औं सागमा भने कास्य पदक जितेका थिए। ६७ केजी समूहमा प्रतिस्पर्धा गरेका उनले स्न्याच र क्लिन एण्ड जर्क गरी कूल २५२ केजी भार उठाएका थिए। उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कतर्फ १४० तौल गरी कुल २५२ तौल भार बहन गरेका थिए।

प्रकाशित मिति: : 2019-12-08 09:48:34

प्रतिकृया दिनुहोस्