विरुवा होइन, रुख रोप्ने गण्डकी प्रदेशको तयारी

फाइल तस्बिर: बिएल

गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण एवं हरियाली कायम राख्न रुख रोप्ने अभियान सञ्चालन गर्ने भएको छ। यसका लागि १० फिटभन्दा बढी उचाइको विरुवा रोप्ने तयारी भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए।

पारिवारिक निजी वन सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै आर्थिक समृद्धि ल्याउन प्राकृतिक सोतसाधनलाई उपयोग गरिने तयारी गरेको बताए।

सङ्घ केन्द्रीय अध्यक्ष जोगराज गिरीले वनमा काठ सडेर जाने र विदेशबाट ठूलो धनराशिको काठ पैठारी हुने गरेको अवस्था रहेको चर्चा गर्दै आयात घटाउन उद्योग सञ्चालन गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार निजी वनअन्तर्गत मुलुकका १३ लाख घरधुरीले पाँच लाख ३२ हजार ९९२ रुखको व्यवस्था गर्दै आएका छन्। वनबाट १६ करोड क्यूफिट काठ उत्पादन गर्दै १५ लाख युवालाई रोजगार प्रदान सकिने सम्भावना रहेको जनाइएको छ।

प्रकाशित मिति: : 2019-12-08 08:56:49

प्रतिकृया दिनुहोस्