रोनाल्डोको पहिलो अवे गोल, युभेन्ट्स पराजित

तस्बिर:एजेन्सी

इटालियन सिरी ए मा युभेन्ट्स पराजित भएको छ।

गएराती सम्पन्न खेलमा युभेन्ट्स लाजियोसँग ३–१ गोल अन्तरले पराजित भएको हो। लाजियोको जितमा लुइज फेलिप रामोस, सेर्गी साभिक र फेलिप काइसेडोले एक एक गोल गरे। त्यस्तै युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए।

युभेन्ट्सले खेलको २५ औं मिनेटमा नै रोनाल्डोको गोल मार्फत अग्रता लिएको थियो। तर पहिलो हाफको अन्तयतिर लाजियोको लागि फेलिपले गोल गर्दै खेल बराबरीमा ल्याए।

७४ औं मिनेटमा लाजियोको लागि साभिकले अग्रता २–१ मा पुर्याए। त्यको पाँच मिनेटपछि नै लाजियोले पेनाल्टी पाएको थियो तर उक्त पेनाल्टीलाई इम्बोबिलेले गोल गर्न सकेनन्।

खेलको ९० औं मिनेटमा काइसेडोले गोल गर्दै लाजियोलाई ३–१ को जित दिलाए।

माउरीजियो सारी प्रशिक्षक बनेर आएपछिको युभेन्टसको यो पहिलो हार हो। सारीले युभेन्ट्समा आफ्नो २०औं खेलमा पहिलो हार बेहोरेका हुन्। साथै रोनाल्डोले सिरी ए मा यस सिजनमा पहिलो अवे गोल गरेका छन्।

हारपछि युभेन्ट्स सिरी ए मा फेरी शिर्ष स्थानमा पुग्ने मौका गुमाएको छ। युभेन्ट्सको १५ खेलमा ३६ अंक छ भने शिर्ष स्थानमा रहेको इन्टर मिलानको १५ खेलमा ३८ अंक रहेको छ। त्यस्तै लाजियोको १५ खेलमा ३३ अंक भएको छ।

प्रकाशित मिति: : 2019-12-08 07:31:08

प्रतिकृया दिनुहोस्