महिला फुटबल टिमलाई खेल पोशाक

१३औं दक्षिण एसियाली खेलकुद (साग) टिममा रहेको राष्ट्रिय महिला फुटबल टिमलाई खेल पोशाक प्रदान गरिएको छ।

नेपाली राष्ट्रिय महिला टिमका व्यवस्थापक, एन्फा केद्रिय समिति तथा महिला समितिको संयोजक रहेकी पेमा लामाले नेपाली टिमलाई खेल पोशाक सहयोग गरेकी हुन्। लामाले टिमका सबै सदस्यलाई एक एक थान ज्याकेट सहयोग गरेकी हुन।

राउण्ड रोविनको आधारमा जारी प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहेका छन्। र,नेपाल ६ अंकको साथ फाइनल पुगिसकेको छ।

प्रतियोगितामा भारतको पनि समान ६ अंक छ। यता माल्दिभ्स र श्रीलंकाले कुनै अंक जोड्न सकेका छैनन्।

प्रकाशित मिति: : 2019-12-07 09:45:37

प्रतिकृया दिनुहोस्