म्याराथनमा किरणसिंह बोगटीलाई स्वर्ण

तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथनमा नेपालका किरणसिंह बोगटीले स्वर्ण जितेका छन्।

शनिबार बिहान सात बजे दशरथ रंगशालाबाट सुरु भएको म्याराथनको निर्धारित दुरी बोगटीले २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पुरा गरे।

म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ। उनले सन् १९८७ को सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डमा ४२ किलोमिटर दुरी पूरा गरेका थिए।

 म्याराथनमा नेपालका पुरुषतर्फ ८ जना र महिलातर्फ ७ जना प्रतिस्पर्धी थिए। पुरुषतर्फ बोगटी पहिलो हुँदा होमलाल श्रेष्ठ चौथो भए। यस्तै रजत र कास्य भने भारतका खेलाडीले पाए।

प्रकाशित मिति: : 2019-12-07 09:29:42

प्रतिकृया दिनुहोस्