वेष्ट इण्डिजविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा भारतको सहज जित

तस्बिर:एजेन्सी

पाहुना टोली वेष्ट इण्डिजविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा भारतले सहज जित निकालेको छ।

शुक्रबार राति हैदरवादमा भएको खेलमा भारतले वेष्ट इण्डिजलाई ६ विकेटले पराजित गरेको हो।

वेष्ट इण्डिजले दिएको २ सय ८ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो।

भारतको जितमा कप्तान विराट कोहलीले अविजित रहदै ९४ रनको योगदान दिए। यस्तै लोकेश राहुलले ६२ रन बनाए।

वेष्ट इण्डिजमा खरि पिएरेले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले २० ओभरमा ५ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो।

वेष्ट इण्डिजका सिमरन हिटमायरले ५६ रन जोडे। यस्तै इभीन लिविसले ४० रन जोडे।

भारतका युजभेन्द्र चाहलले २ विकेट लिए।

जितसँगै भारतले तीन खेलको सिरिजमा १० को अग्रता बनाएको छ।

प्रकाशित मिति: : 2019-12-07 07:01:15

प्रतिकृया दिनुहोस्