खुल्ला चउरमा बेबारिसे शव फेला

तस्बिर: बिएल

मोरङको कटहरी गाउँपालिका–१ स्थित एउटा बेबारिसे शव शुक्रबार बिहान फेला परेको छ।

हटिया लाग्दै आएको खुल्ला चउरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले अन्दाजी ५०/६० वर्ष र मधेसी मुलको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको जानकारी दिए । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा लगिएको छ।

मृत्यु भएका पुरुषको कुनै पहिचान नभएका कारण घटनास्थलको मुचुल्का उठाउँदै शव पोस्टमार्टमका लागि लगेर अनुसन्धान अघि बढाइएको अधिकारीले बताए । अत्यधिक मदिरा सेवन गरेका कारण गन्तव्यसम्म पुग्न नसक्दा खुल्ला चउरमा सुतेको र चिसोले कठ्याङ्ग्रिएर त्यहीं मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति: : 2019-12-06 21:43:39

प्रतिकृया दिनुहोस्