प्रदेश २ मै पहिलो पटक ब्रेन ट्युमरको सफल शल्यक्रिया

तस्बिर: बिएल

वीरगञ्ज हेन्थ केयर अस्पतालले पहिलो पटक ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको छ। पर्साको जिरा भवानी गाउँपालिका–३ कि २२ वर्षिय ईन्दु कुमारी चौधरीको टाउकामा पलाएको ट्युमरको अस्पतालका न्यूरो सर्जन डा.फिरोज अफजलले शल्यक्रिया गरेका हुन्।

उपत्यका बाहिर प्रदेश नं. २ मै पहिलो पटक ब्रेन ट्युमरको शल्यक्रिया भएको यो पहिलो घटना हो।

डा.अफजललेकाअनुसार सुरुमा छारे रोग भएको भन्दै घर परिवारले खासै ध्यान दिएका थिएनन्। तर, ईन्दु अचानक बेहोस भएपछि अस्पतालमा सिटि स्क्यान गरेपछि ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। शल्यक्रिया गरेको आज ७ दिनपछि ईन्दु राम्रोसँग बोल्न थालेकी उनले बताए।

उपचार गराउने क्षमता नभएको ईन्दुको परिवारले जम्मा ८० हजारमै उपचार गराउन पाउदा खुशी भएका छन्। आर्थिक अवस्थाले कमजोर ईन्दुको बाहिर लगेर उपचार गराउन समस्या थियो। 'आफू खेति किसानी गर्ने भएकाले बाहिर महगो शुल्क उपचार गराउदा कर्जा लिनु पर्ने अवस्था आउथ्यो।' बिरामीका बुवा रामा महतो थारु भने 'वीरगञ्ज मै ८० हजार मै शल्यक्रिया भएपछि कसैसँग माग्नु पर्ने अवस्था आएन।'

योसँगै लाखौ खर्च तिरेर ब्रेन ट्युमरको लागि बाहिर जानु पर्ने बाध्यता हटेको छ। यसबाट आसपास विपन्न नागरीकहरुलाई सहज हुनेमा अस्पतालका प्रबन्ध निर्देशक डा.अब्बुलहैस अन्सारीले बताए ।

बिरामीले राजधानी काठमाडौं अथवा भारतको दिल्ली पुगेर ब्रेन ट्युमरको लागी २ देखी ३ लाखसम्मको महंगो शुल्क तिररे शल्यक्रिया गराउन बाध्यता हटेको छ। उनले भने 'अब ८० हजारमा शल्यक्रिया सम्भव भएपछि विपन्न नागरीकहरुलाई राहत हुन्छ।'

प्रकाशित मिति: : 2019-12-06 18:13:24

प्रतिकृया दिनुहोस्