पुरुष क्रिकेट : नेपालको दोस्रो जित,फाइनल पुग्ने सम्भावना जिवितै

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले दोस्रो जित हात पारेको छ।

शुक्रबार भएको तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गर्दै जित हात पारेको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा १ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभारमा ६ विकेट गुमाएर ७९ रन बनायो।

उसका लागि मोहमद आजमले सर्वाधिक १७ रनको अविजित रन बनाए। यता मोहमद रिस्वानले १३, अलि इभानले ११ रन बनाए।

नेपालले सुशन भारी र ललित राजबंशीले समान २/२ विकेट लिए। पवन सर्राफले १ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनायो।

नेपालका करण केसीले अविजित रहदै सर्वाधिक ४० रन बनाए। यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३९, बिनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९र१९ रन बनाउँदा पारस खड्काले ११ रन बनाए।

माल्दिभ्सका लिम शफिगले ३ तथा अमील मौरुफले २ विकेट हात पारे।

जितसँगै नेपालले फाइनल पुग्ने सम्भावन जिवितै राखेको छ। तीन खेलमा दुई जित हात पारेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। समान खेलमा माल्दिभ्सले भने कुनै अंक जोड्न नसक्दा एक खेल अगावै फाइनल सम्भावना समाप्त पारेको छ।

प्रकाशित मिति: : 2019-12-06 16:14:40

प्रतिकृया दिनुहोस्