भारतीय खेलाडीले छेक्दैमा छेकिन्न–स्वर्ण विजेता गोपी चन्द पार्की (भिडियाे अन्तर्वार्ता)

नेपाललाई ५ हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएका गोपी चन्द पार्कीले देशका लागि आफूले स्वर्ण जितेको बताएका छन्।

उनलाई स्वर्णबाट रोक्न भारतीय खेलाडीले ट्रयाकमा धेरै पल्ट अवरोध पुर्‍याउने प्रयास गरेका थिए। तर, हरिकुमार रिमाल र गोपीले मिलेर भारतीय अवरोधलाई चकनाचुर पारे।

भारतीय खेलाडीले अवरोध पुर्याउने क्रममा हरि र गोपीको खुट्टामा ‘स्क्रुप’ ले चोट लागेको थियो। त्यही पनि उनीहरूले आफ्नो सहासको परिचय दिए।

‘नेपाली खेलाडी डोपिङमा परेर पदक गुमाउँदा नै मैले अठोट गरिसकेको थिए’, नेपाललाई स्वर्ण दिलाएपछि बिएल नेपाली सेवासँग विशेष कुराकानी गर्दै गोपीले भने, ‘भारतीय अवरोधले मलाई छेक्न सक्दैन्थ्यो।’

उनले भारतीय खेलाडी निकै प्राविधिक भएको बताउँदै भने, ‘१४ वर्षदेखिको मेरो सपना थियो। यो पुरा भएको छ।’

प्रकाशित मिति: : 2019-12-06 11:24:21

प्रतिकृया दिनुहोस्