विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल ७३ औं स्थानमा

तस्बिर:एजेन्सी

विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल ७३ औं स्थानमा रहेको एक प्रतिवेदनले जनाएको छ। वेल्टहंगरहिल्फे नामक अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा ‘जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल’ (ली–बर्ड) द्वारा बिहीबार जारी प्रतिवेदनअनुसार छिमेकी मुलुक भारतभन्दा नेपाल अगाडि देखिएको छ।

‘वेल्टहंगरहिल्फे र कन्सर्न वर्ल्डवाइडको संयुक्त अध्ययनका आधारमा प्रकाशित भोकमरी विश्वव्यापी सूचकांकमा नेपाल ७३ औं स्थानमा छ। यस्तै छिमेकी मुलुकहरू चीन र भारत क्रमशः २५औं र १०२औं स्थानमा छन्।

दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानभन्दा नेपालको खाद्य तथा पोषणको स्थिति राम्रो रहेको तर श्रीलंकाभन्दा केही कमजोर छ। भुटान र मालदिभ्स भने यस अध्ययनमा समेटिएका छैनन्।

प्रकाशित मिति: : 2019-12-06 11:09:25

प्रतिकृया दिनुहोस्