सीमा विवाद हिजोदेखिकै हो, केपी सरकारको पालामा मिचियो नभन्नुहोला: उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सीमा विवादमा वर्तमान सरकारलाई दोष लगाउन नमिल्ने बताएका छन्।

बिहीबार सीमा बचाऔं अभियानकर्मीहरूले तयार पारेको नक्सा ग्रहण गर्दै उपप्रधानमन्त्री पोखरेलले छिमेकी देशसँगको सीमा समस्या विरासतका रुपमा आएको बताउँदै वर्तमान सरकारलाई दोष लगाउन नमिल्ने बताएका हुन्।

‘सीमा विवाद हिजोदेखिकै हो, केपी ओली सरकारको पालामा आएर यस्तो भएको नभन्नुहोला’, उपप्रधानमन्त्री पोखरेलले भने।

पहिला नक्सामा लिम्पियाधुरासम्मै नेपालको भएको तर पछि गायब भएको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ। अभियानकर्मीहरूसँगको भेटमा उनले नक्सा विवादलाई सीमा विवाद समाधान गर्ने अवसरको रुपमा बदल्न सकिने बताए।

अभियानका संयोजक भैरव रिसाल, डा. द्वारिकानाथ ढुंगेल, सोनाम साथी, हिरण्यलाल श्रेष्ठ, कमल बराललगायतले सुगौली सन्धिअनुसारको पश्चिम नेपालको सीमा कायम भएको नक्सासहित उपप्रधानमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए।

प्रकाशित मिति: : 2019-12-06 10:50:20

प्रतिकृया दिनुहोस्