नेपालले माल्दिभ्ससँग खेल्दै, जित्नै पर्ने दबाव

फाइल तस्बिर: बिएल

३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले आज (शुक्रबार) माल्दिभ्सको सामना गर्दैछ ।

बिहिबार भुटानमाथि १ सय ४१ रनको फराकिलो जित निकालेको नेपाललाई आजको खेल जित्नै पर्ने दबावमा छ। अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपाल अंक २ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। त्यसैले नेपालले फाइनल सम्भावना कायम राख्न माल्दिभ्सलाई हराउनै पर्ने छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले अपरान्ह १ बजेपछि माल्दिभ्ससँग खेल्नेछ।

शुक्रबार नै बंगलादेशको यू-२३ ले भुटानको सामना गर्नेछ। बंगलादेश १ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। तीन खेलमा अपराजित श्रीलंका ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

 

प्रकाशित मिति: : 2019-12-06 08:32:55

प्रतिकृया दिनुहोस्