साग पुरुष फुटबल: बंगलादेशद्वारा श्रीलंका पराजित

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत पुरुष फुटबलमा बंगलादेशले श्रीलंकालाई हराएको छ।

बिहिबार त्रिपुरेश्वरस्थित रशरथ रंगशालामा भएको खेलमा बंगलादेशले श्रीलंकालाई १–० गोल अन्तरले  हराएको हो।

बंगलादेशका लागि महबुब रहिमिन हसनले दसौं मिनेटमा गोल गरे।

जितसँगै बंगलादेशको तीन खेलबाट चार अंक भएको छ र उसको फाइनल पुग्ने सम्भावना कायम रहेको छ ।

बंगलादेश यो जितले अंक तालिकाको तेस्रो स्थानमा उक्लिन पनि सफल रह्यो । श्रीलंका भने दुई अंकमै सीमित रह्यो। आयोजक नेपालको चार अंक छ र दोस्रो स्थानमा छ।

यता नेपालभन्दा एक खेल बढी खेलेको भुटान ६ अंकसहित शिर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-05 19:42:47

प्रतिकृया दिनुहोस्