पौडीमा नेपालका दुई खेलाडीको राष्ट्रिय कीर्तिमान

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालका दुई खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन्।

सातदोबाटोस्थित पौडी पोखरीमा बिहिबार नेपालका एलेक्जेन्डर शाह र डुवना लामाले राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

पुरुष २ सय मिटर फ्रिस्टाइलको हिट चरणमा एलेक्जेन्डरले २ मिनेट ०२.३० सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन्। उनले शिरिष गुरुङको नाममा रहेको २ मिनेट ०६.३५ सेकेण्डको कीर्तिमान भंग गरे।

यस्तै महिला २ सय मिटर ब्रेस्टस्ट्रोकको हिट चरणमा डुवनाले आफ्नै नाममा रहेको कीर्तिमान भंग गरिन्। डुवनाले २ मिनेट ४८.५७ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएकी हुन्।

प्रकाशित मिति: : 2019-12-05 13:00:36

प्रतिकृया दिनुहोस्