नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा सेमिफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालाको कभर्ड हलमा बिहिबार भएको खेलमा नेपाल समूह बी समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। बंगलादेशमाथि २६-२४ को कठिन जित निकाल्दै नेपाल अन्तिम चारमा पुगेको हो।
नेपालको जितमा उमा राईले सर्वाधिक ८ गोल गरिन। यस्तै निशा राईले ५,कविता राई र रन्जना राईले ४र४ गोल गरिन। यस्तै आइता लोमु शेर्पा र शान्ति कला राईले २र२ तथा कल्पना ओलीले १ गोल गरिन्।