नेपालद्वारा भुटानलाई २ सय ३७ रनको विशाल लक्ष्य

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले भुटानलाई २ सय ३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो। नेपालको विशाल योगफलमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले।

५५ बलको सामना गरेका मल्लले ९ छक्का र ५ चौकाको मद्दतले १ सय ७ रन बनाए। शतकसँगै कप्तान ज्ञानेन्द्र टी–ट्वान्टी अन्तराष्ट्रियमा शतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन्। यस अघि टी–ट्वान्टी अन्तराष्ट्रियमा निवर्तमान कप्तान पारस खड्काले मात्र शतक बनाएका थिए ।

यस्तै भुटानविरुद्ध पारसले ५७ र उप कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाए।

भुटानका कर्मा दोर्जीले २ तथा तोब्डेन सिंगेले १ विकेट हात पारे।

प्रकाशित मिति: : 2019-12-05 11:25:45

प्रतिकृया दिनुहोस्