उनी जुरुक्क उठ्न मात्र के लागिथिन् अैया गर्दै थचक्कै बसिन्। लौन के भो ? मेरो प्रश्न म्याम ६ वर्षको हुँदा काठमाडौंमा ईट्टा बोक्ने काम गर्थे। एकदिन ईट्टा तान्दा सबै पल्टिएर मलाई थिच्यो। त्यसकै चोट बल्झिरहन्छ।
उनी असजिलो गरि बसिन्। कति सानैमा काम गर्न थालेकि रैछौ है? मैले उनको विगत कोट्याउन थाले।
उनले सुरु गरिन्। नाम रीचा मगर उमेर २० वर्ष,
दुई दाजु १ बहिनी अनि एक भाई। आर्थिक अवस्था निकै कमजोर रहेको रीचाको जिन्दगिको पहिलो सम्झनानै ढाडमा सकि नसकि ईट्टा बोकेको दिन हो। काभ्रे घर भएकि रीचाका वुवा सधै रक्सि खाएर आउने अनि आमालाई कुट्ने गर्थे। घरमा विहान खाए बेलुका के खाऊ थियो।
सानैमा आमाबुवा काठमामाडौैं मजदुरी गर्न आए मलाई पनि लिएर। सानि थिए सकिनसकि ३० वटासम्म ईट्टा बोक्थे। केहि महिना काम गरेर हामी फेरि गाँउ फर्कियौं। घरमा बुवाले मात्र हैन बज्यैले पनि आमालाई देखि नसक्ने। रीचाले यति भनिरहदा उनको आखाँबाट बगेको आँसु नाकको डाडिबाट थोपा थोपा गदैै चुहिदै थियो।
नरोउ भन्दै उनको ढाडमा सुम्सुमाउदै उनले नदेख्ने गरी मैले आँसु पुछे अनि भने लाटि मलाई हेर त म पनि तिमि जस्तै हो। मेरो बुवाले पनि रक्सि खाएर आमालाई खुव कुट्थे रे। आफुलाई यति कमजोर बनाउने हो लाटि। मेरो कुराले उनलाई अलि शान्त बनायो।
उनी अझ बढि खुलेर कुरा गर्न थालिन्। तर, रुन भने छाडिनन् तपाईलाई थाहा छ? रातदिनको बुवाको कुटपिट अनि सासुससुराको कचकच सुन्न नसकेपछि आमाले प्राण त्याग गर्नुभयो। अनि...... अनि आमा नभएपछि म टुहुरी भए। मेरी आमा पढेलेखेर आफै कमाउन सक्ने भाको भए प्राण त्याग गर्नुहुन्थेन होला।
रीचाले छाति दुखेझै गरी हातले थिच्दै लामो स्वास तानिन्। मैले उनको टाउको आफ्नो छातिमा टास्दै भने भो अब यो कुरा नगरम्। उनले मानिन् अनि भनिन्- 'नाई जति गाह्रो भएपनि आज भो सबै कुरा भन्छु। मनभित्रको यो गाठो फुक्योभने म बलियो भएर केहि गर्न सक्छु कि?' मैले उनलाई रोक्न नि सकिन।
उनको कुराले मेरो छातिमा गरुङ्गो ढुङ्गाले थिचे जस्तै गाह्रो भाएको थियो। तर, उनको अगाडि केहि नभाको जस्तै अभिनय गर्दै भने-'ल सुनाउ न त तिम्रो बाँकि काहानी।'
म १४ वर्षकि थिए ४ कक्षामा पढ्थे आमाले प्राण त्याग गर्दा। आमाले मलाई एउटा सिलाई मेसिन किनेर राख्दिनुभएको थियो। आमालाई सोधे-'आमा यो के हो ?'
आमाले भन्नुभो,'छोरी यो लुगा सिलाउने मेसिन हो। छोरी मान्छे भोलिको जिन्दगी थाहा हुनन् छोरी सिलाई सिक्दै गर्नु पछि दुख भयो भने यसलै पाल्छ।' रीचा विस्तारै आफुलाई सम्हाल्दै थिईन्। उनी उनका आँसु विस्तारै ओभाउदै थियो अनि गफको रफ्तार बढ्दै .............
म उनलाई सुनिरहे।
आमा मरेपछि सबैभन्दा नजिकको मामा भए। आमाको मलाई सिलाई सिकाउने ईच्छा भएको पनि सुनाए। मामाले मलाई टेलरिङ्ग सिकाउने र बैनिलाई पढाउने भन्दै काठमाडौं ल्याए। तर,ओरालो लागेको मृगलाई बाच्छोले पनि लछेट्छ भनेझै भयो, मामाको सानो होटल रैछ त्यो पनि देखावटि।
भित्र त गाँजा चरेल बेच्ने धन्दा। उनले मेरी मन अमिलो पार्दै भनिन्। न मैले सिलाई सिक्न पाए न बैनिको पढाई। हामि त ग्राहकको दुव्र्यवहारमा पर्न थाल्यौ। उनले अगाडि थपिन्–'भन्न न नहुने यस्तो कुरा तर एकरात मामा आफैपनि मलाई नराम्रो व्यवहार गर्न तम्सिए। बैनि च्यापेर म फेरि गाँउ फर्किए। अलि महिना गाँउमा बस्दै थिए। २०७२ सालको भईचालोले घर ध्वस्त पार्यो।'
अब काहाँ जाने के खाने? भत्किएको घरबाट आमाले किन्देको सिलाई मेसिन झिके अनि त्यसैलाई च्यापेर आमा आमा भन्दै खुब रोए। म रोएको देखेर फुपुलाई माया लागेछ। खुब सम्झाउनुभयो। वहाँकै सहयोगमा बैनि बोकेर म फेरि काठमाडौं आए ।
फुपुले 'चेतना अभिवृद्धि केन्द्र क्याप नेपाल' भन्ने संस्थामा बैनिलाई र मलाई लगेर राखिदिनुभयो। काठमाडौंमा मामाको होटल ,रक्सि चुरोट गाँजाको गन्ध अनि ग्राहकको दुव्र्यवहारले तर्सिएकी म संस्थामा आएको धेरै रात राम्रोसँग निदाए।
संस्थामा आएपछि म फेरि १ कक्षामा भर्ना भए। अहिले ७ कक्षामा पढ्दैछु। बैनि ४ कक्षामा पढछिन्। विहान स्कुल जान्छु अनि दिउसो सकुेधारामा आफ्नौ टेलर चलाएर बसेकि छु। जसको नाम छ रिचार्ज टेलर। महिनामा २० हजार कमाउछु। त्यसो भनिरहदाँ उनको अनुहार चम्किलो देखिएको थियो।
आमाको सपना पुरा गर्यौ नि है ? मैले हास्दै सोधे।
आमाको सपना अनि मेरो लक्ष्य क्याप नेपालले पुरा गरिदियो। यतिबेला आमाले सुन्ने भए एउटा खबर पठाउन मन छ। 'आमा रिचार्ज टेलर्समा छोरीको प्रगति हेर्न सपनामै भएपनि सुटुक्क आईदिनुस् न है।'