उसुमा निमा घर्ति मगरलाई स्वर्ण

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले स्वर्ण जितेकी छिन्।

लगनखेलस्थित आर्मीको कभर्डहलमा थाउलोको महिला नान्दोमा कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन्।

यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य जितेको छ।

निमाले सागमा लगातार दोस्रो पटक स्वर्ण जितेकी हुन्। सन् २०१६ मा भारतमा भएको सागमा पनि निमाले स्वर्ण जितेकी थिइन्।

प्रकाशित मिति: : 2019-12-05 10:12:32

प्रतिकृया दिनुहोस्