काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो

फाइल तस्बिर: बिएल

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार बिहान साढे ६ बजे मापन गरिएको तापक्रम ५.५ डिग्री सेल्सियस छ। बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ३ डिग्री तापक्रम घटेको हो।

सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४ डिग्री मापन गरिएको छ।

तराई मधेशका जिल्लाहरुमा हुस्सु लागेकाले त्यहाँ पनि चिसो महसुस भएको छ। बिहानपख पूर्व, मध्य र पश्चिम तराईका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ।

 हुस्सु र कुहिरोको कारण भिजिबिलिटी पनि कम भएको छ। यो हुस्सु र कुहिरो मध्याह्नपछि बिस्तारै हट्दै जाने मौसम विज्ञान विभागले जनाएको।

मौसमविदहरुले पश्चिम तराईमा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपुर जिल्लालाई राखेका छन्।

यसैगरी मध्य तराईमा चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा र परासी जिल्ला छन्। महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ र झापा जिल्ला पूर्वी तराईमा पर्दछन्।

आगामी २४ घण्टासम्म शितलहरको सम्भावना भने नरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-05 10:04:05

प्रतिकृया दिनुहोस्