मुख्य खेलाडी बिनै मैदान उत्रिएको लिभलपुलको फराकिलो जित

तस्बिर:एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभलपुलले फराकिलो जित हात पारेको छ।

बुधबार भएको खेलमा लिभरपुलले एभर्टनलाई ५–२ गोल अन्तरले हराएको हो ।

लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले मुख्य गोलकिपर एलिसनको निलम्बन,  मोहमद सलाहा र रोबर्टो फिर्मिन्होलाई आराम दिदै उतारेको सुरुवाती सेटले फरालिको जित निकालेको हो ।

एनफिल्डमा फराकिलो जित दिलाउन डिभोक ओरिजीले दुई तथा जर्दान साकिरी,साडियो माने र विजनाल्डमले एक एक गोल गरे। यता एभर्टनका लागि माईकल केन र रिचर्डलिसनले एक एक गोल फर्काए।

खेलको छैठौं मिनेटमा नै ओरिजीले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। त्सपछि १७ औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर बनायो लिभरपुलका लागि साकिरीले गोल गरे।

खेलको २१ औं मिनेटमा एभर्टनकमा केनले गोल गदैं अग्रता २–१ मा झारे। तर फेरि ३१ औं मिनेटमा ओरिजीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३– मा पुर्याए।

पहिलो हाफ सकिनै लाग्दा एभर्टनका रिचर्डलिसनले गोल गर्दा खेल ३–२ मा पुग्यो। तर केहि मिनेट पछाडि नै लिभरपुलका मानेले अग्रता ४–०मा पुर्याए।

दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर चुकाएका थिए।लखेल सकिनै लाग्दा विजनाल्डमले गोल गरेसँगै लिभरपुलले फराकियो जित हात पार्यो।

जितसँगै लिभरपुलले १५ खेलबाट ४३ अंक सहित तालिकामा अग्रता कायम गर्यो। उसले दोस्रो स्थानको लेस्टर सिटीसंग ८ अंकको अग्रता बनायो।

एभर्टन १४ अंक सहित तालिकाको पुछारदेखि तेस्रोमा रह्यो।

प्रकाशित मिति: : 2019-12-05 07:36:33

प्रतिकृया दिनुहोस्