लिग वान: पीएसजीको सहज जित,नेयमार र एम्बाप्पेले हाने गोल

तस्बिर:एजेन्सी

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा सहज जित हात पारेको छ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले मार्सेलीलाई २–० गोल अन्तरले पराजित गरेको हो।पीएसजीको जितमा केलिन एमबाप्पे र नेयमार जेआरले समान एक एक गोल गरे।

एमबाप्पेले पीएसजीलाई ५२ औ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए। एन्जल डी मारियाको पासमा उनले गोल गरेका हुन्।

खेल सकिन ५ मिनेट बाँकी छँदा पीएसजीले पेनाल्टीको मौका पाये। जसलाई नेयमारले गोल गर्दै पीएसजीको जित सुनिश्चित गराए।

जितपछि पीएसजीले १५ खेलबाट ३६ अंक सहित तालिकामा अग्रतालाई कायम गर्यो। मार्सेली ३१ अंक सहित दोस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति: : 2019-12-05 07:20:27

प्रतिकृया दिनुहोस्