म्यान्चेष्टर युनाईटेडले टोटेनहमलाई हरायो

फाइल तस्बिर: बिएल

म्यान्चेष्टर युनाईटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमलाई पराजित गरेको छ।

बिहिबार ओल्डट्राफोर्डमा भएको खेलमा युनाईटेडले टोटेनहमलाई २–१ गोल अन्तरले हराएको हो। युनाईटेडको जितमा मार्कुस रासफोर्डले दुई गोल गरे। यता टोटेनहमका लागि एक गोल डेल अलीले फर्काए।

खेलमा अग्रता छैटौ मिनेटमा युनाईटेडले रासफोर्डको गोलबाट लिएको थियो। उनले टोटेनहमका गोलकिपर पाउलो गाजानिगालाई समेत विट गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए।

३९ औ मिनेटमा टोटेनहमका अलीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

तर,४९ औ मिनेटमा टोटेनहमका फरवार्ड मौसा सिसोकोले फल गरेको देखिएपछि युनाईटेडले पेनाल्टीको अवसर पाएको थियो ।
जसलाई रासफोर्डले पेनाल्टीको सदुपयोग गर्दै जाली चुमाए।

युनाईटेड १५ खेलबाट २१ अंक सहित छैटौ स्थानमा रहेका छन् । टोटेनहम २० अंक सहित आठौं स्थानमा छन् ।

 

प्रकाशित मिति: : 2019-12-05 07:07:36

प्रतिकृया दिनुहोस्