सुटिङमा भारतलाई दुई स्वर्ण

प्रतिकारत्मक तस्बिर

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत सुटिङमा बुधबार भारतले दुई स्वर्ण जितेको छ।

सातदोबाटोस्थित सुटिङ रेन्जमा महिलाको २५ मिटर एयर पेस्तोलमा भारतकी अनु राज सिंहले ३० अंक जोड्दै स्वर्ण जितिन्।

यस्तै भारतकै शिओरन गौरीले २८ अंक जोड्दै रजत जितिन्। पाकिस्तानकी रबिया कबिरले २१ अंक जोड्दै कास्य जितिन्।

यस्तै २५ मिटरको महिला टिम इभेन्ट्समा भारतले स्वर्ण जित्दा श्रीलंकाले रजत र पाकिस्तानले कास्य जितेको छ।

प्रकाशित मिति: : 2019-12-04 18:09:47

प्रतिकृया दिनुहोस्