झापाको शिवसाताक्षी नगरपालिका– ४ पाँचगाछीमा मेरो जन्म भएको हो। मेरा बुवा बुद्धिमान बुढाथोकी र आमा चन्द्रा बुढाथोकी। दुवैजना सरकारी जागिरे हुनुहुन्थ्यो।
मध्यमवर्गीय परिवारमा हुर्के पनि मैले शिक्षा तथा अन्य आधारभूत आवश्यकता परिवारबाट पाएको थिएँ।