साग महिला क्रिकेट : बंगलादेशसँग नेपाल १० विकेटले पराजित

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपाल पराजित भएको छ। लिग चरणको दोस्रो खेलमा बुधबार नेपाल टेष्ट राष्ट्र बंगलादेशसंग १० विकेटले पराजित भएको हो।

पोखरा रंगशालामा नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य बंगलादेशले ७ ओभर ४ बलमा विकेट नगुमाई पुरा गर्यो।

उसका लागिआयशा रहमानले २६ तथा मुर्सिदा खातुनले २३ रनको अविजित इनिङ्स खेलिन्।

यसअघि टस हारेर पहिले ब्याटिङ पाएको नेपाल १९ ओभर २ बलमा ५० रन बनाउँदा अलआउट भएको थियो।

नेपालकी ओपनर काजल श्रेष्ठ ५ बल खेल्दै खाता नखोली आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो। अर्की ओपनर सीता रानामगरले पनि १२ बलमा तीन रन मात्र बनाउन सकिन्।

त्यसपछि आएका सोनु खड्का, कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले क्रमशः १२, १३ र १० रन बनाए।

बंगलादेशकी रबिया खानले ४ विकेट लिइन्।

नेपालले आफ्नो पहिलो खेलमा कमजोर माल्दिभ्सविरुद्ध १० विकेटको जित हात पारेको थियो।

प्रकाशित मिति: : 2019-12-04 12:03:19

प्रतिकृया दिनुहोस्