साग महिला क्रिकेट : बंगलादेशविरुद्ध ५० रनमा अलआउट नेपाल

फाइल तस्बिर: बिएल

१३औं साग अन्तरगत नेपाल र बंगलादेशबीचको महिला क्रिकेट टिम अहिले पोखरामा प्रतिस्पर्धा गरिरहेका छन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५० रनमै समेटिएको छ ।

१९.२ ओभरमा अलआउट भएको नेपालका लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बटुल्न सके। नेपालकी ओपनर काजल श्रेष्ठ ५ बल खेल्दै खाता नखोली आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो। अर्की ओपनर सीता रानामगरले पनि १२ बलमा तीन रन मात्र बनाउन सकिन्।

त्यसपछि आएका सोनु खड्का, कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले क्रमशः १२, १३ र १० रन बनाए।

बंगलादेशकी रबिया खानले ४ विकेट लिइन्।

नेपालले आफ्नो पहिलो खेलमा कमजोर माल्दिभ्सविरुद्ध १० विकेटको जित हात पारेको थियो।

प्रकाशित मिति: : 2019-12-04 11:00:57

प्रतिकृया दिनुहोस्