गल्फ: नेपालका शुक्रबहादुरलाई अग्रता

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत गल्फको पुरुषमा नेपालका शुक्रबहादुर राईले सुरुवातमा अग्रता बनाएको छ।

गोकर्ण गल्फ क्लबमा मंगलबार चार अन्डर ६८ स्कोर कार्डसहित शुक्रले अग्रता बनाएका हुन्। यस्तै नेपालका टंक बहादुर कार्कीले तीन अन्डर ६९ स्कोर बनाएका छन्।

बंगलादेशका मोहमद सोम्राटले दुई अन्डर ७० स्कोर जोड्दा श्रीलंकाका एन रंगा र नेपालका सुवास तामाङले एक अन्डर ७१ स्कोर जोडेका छन्।

टिम इभेन्टको पुरुषतर्फ नेपालले आठ अन्डर २०८ स्कोरसहित अग्रता बनाएको छ। बंगलादेश र श्रीलंकाले तीन ओभर २१९ स्कोर जोडेको छ।

महिलातर्फ श्रीलंकाकी ग्रेस यातावाराले तीन अन्डर ६९ स्कोरसहित अग्रता बनाएकी छिन्। यस्तै श्रीलंकाकी थुसाहिनीले आठ ओभर ८० स्कोर जोड्दा नेपालकी करिश्मा शाहले ११ ओभर ८३ स्कोर जोडेकी छिन्।

प्रकाशित मिति: : 2019-12-03 17:52:54

प्रतिकृया दिनुहोस्