महिला फुटबल : भारतको फराकिलो जित

बिएल

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत महिला फुटबलमा भारतले फराकिलो जित निकालेको छ।

मंगलबार पोखरा रंगशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ५–० गोल अन्तरले पराजित गरेको हो। भारतका लागि बाला देवीले दुई गोल गरिन्। यस्तै डग्नेई ग्रेस, मनिषा र जाबमानी टुडुले एक एक गोल गरिन् ।

जितसँगै भारतले पहिलो खेलमा ३ अंक जोडेको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो। अब भारतले बुधबार श्रीलंकासँग खेल्नेछ।

राउण्ड रोबिनको आधारमा जारी महिला फुटबलको शीर्ष दुई टिमले स्वर्णका लागि खेल्नेछ।

प्रकाशित मिति: : 2019-12-03 17:04:09

प्रतिकृया दिनुहोस्