अनलाइनबाट ८ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

प्रतिकारत्मक तस्बिर

अनलाइनबाट ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोका चौतारा साँगाचोककगढी नगरपालीका, १० का अमिर थापार र भक्तपुर कमलबिनायकका अमिर थापा रहेका छन्।

उनीहरुले सामाजिक संजाल 'व्हाट्सएप'मा भारतीय मोवाइल नम्बरबाट आईफोन,ल्यापटप,क्यामेरा,घडी लगायतका सामानहरु सस्तो मूल्यमा पठाई दिने विज्ञापन गरि ठगी गरेको प्रहरीले जनाएको छ। प्रहरीअनुसार अनुसन्धानका क्रममा एक महिनाको अवधिमा उनीहरुले ८ लाख ठगीभन्दा धेरै रकम गरेका छन्।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-03 11:02:00

प्रतिकृया दिनुहोस्