उसुमा विजय सिञ्जालीले दिलाए स्वर्ण

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा उसुमा नेपालले सुखद सुरुवात गरेको छ।

नेपालका विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन्।

उनले सहभागी पाँच खेलाडीलाई पछि पारे।


उनले ९.४८ अंक ल्याए। दोस्रो भएका बंगलादेशका मोहमद ओमारले ९.३४ अंक र तेस्रो भएका भारतका अन्जुलले ९.१६ अंक प्राप्त गरे।

जारी सागमा नेपालको यो १६औं स्वर्ण हो।

प्रकाशित मिति: : 2019-12-03 10:22:11

प्रतिकृया दिनुहोस्