तेक्वान्दोमा पार्वतीलाई स्वर्ण

प्रतिकारत्मक तस्बिर

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक जितेकी छिन्।

पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन।

उनले ८.२५० अंक पाउँदा श्रीलंकाकी खेलाडी ८.१४० अंकका साथ दोस्रो स्थानमा रहिन् । उनले रजत पदक जितेकी छन् ।

भारतकी खेलाडीले भने ८.०३० अंकका सात काश्य पदकमा चित्त बुझाइन् ।

यस स्पर्धामा श्रीलंकाले रजत र भारतले काँस्य जितेको छ। यो सँगै नेपालले ८ स्वर्ण जितेको छ।

 

प्रकाशित मिति: : 2019-12-02 15:02:50

प्रतिकृया दिनुहोस्