कराँतेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङलाई स्वर्ण

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन्।

लक्ष्मणले ५५ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । उनले बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरे। बंगलादेशी खेलाडीविरुद्ध उनले १–० ले जित निकालेका हुन्।


सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सुर्यलाई पराजित गरेका थिए।

प्रकाशित मिति: : 2019-12-02 14:42:39

प्रतिकृया दिनुहोस्