राजधानीको हाँडीगाउँमा ग्याँस सिलिण्डर पड्किँदा एक घाइते

फाइल तस्बिर: बिएल

काठमाडौं महानगरपालिका–५ हाँडीगाउँ जोगीकुटीमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पड्किँदा एक जना घाइते भएका छन्।

आइतबार राति सिलिन्डर विस्फोट हुँदा भारत घर भएका १८ वर्षीय प्रदिप कुमार कुशवाह घाइते भएका हुन्।

कुशवाहाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको भइरहेको छ।

 

प्रकाशित मिति: : 2019-12-02 14:08:29

प्रतिकृया दिनुहोस्