सिना लिम्बु मादेनले दिलाइन् नेपाललाई अर्को स्वर्ण (भिडियोसहित)

तस्बिरः बिएल नेपाली सेवा

राजधानीमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा सिना लिम्बु मादेनले अर्को स्वर्णपदक दिलाएकी छन्। पहिलो पल्ट समावेश गरिएको तेक्वान्दोको पुम्सेतर्फको महिला एकल स्पर्धामा स्वर्ण जितेकी हुन्।

उनी साग गेम्सको पुम्सेमा स्वर्ण जित्ने दोस्रो नेपाली खेलाडी हुन्। 

१८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । यो सागमा नेपालको पाँचौं स्वर्ण हो ।

स्वर्ण जित्नेहरु

  • गोविन्द आले पुम्से- ५८ केजी
  • कमल श्रेष्ठ पुरूष एकल
  • मन्डेकाजी श्रेष्ठ-पुरुष काँता
  • निर्मला तामाङ, संगिता मगर र सरु काकी- महिला टिम काँता
  • मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन- पुरुष टिम काँता
  • सोनिका गुरुङ-ट्रायथलन
  • लक्ष्मण तामाङ-कराँतेको पुरुष कुमुते
  • पार्वती गुरुङ-तेक्वान्दो पुम्से
  • आयशा शाक्य- तेक्वान्दो पुम्से
प्रकाशित मिति: : 2019-12-02 13:01:43

प्रतिकृया दिनुहोस्