कँरातेको महिला टिम कातामा नेपाललाई स्वर्ण

बिएल

१३औं साग अन्तरगतको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ। नेपालले पाकिस्तानलाई पछि पार्दै स्वर्ण जितेको हो। कातामा महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्की रहेकी छिन्।

सातदोबाटोस्थित कभर्डहलमा सोमबार भएको टिम काताको फाइनलमा नेपालले २४.८८ अंक तथा पाकिस्तानले २३.३ अंक जोड्न सफल भयो।

जारी सागमा कातामा यो दोस्रो स्वर्ण हो। यसअघि मन्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा स्वर्ण जितेको थियो।

प्रकाशित मिति: : 2019-12-02 12:24:00

प्रतिकृया दिनुहोस्