अष्ट्रेलियाविरुद्ध टेस्टमा पाकिस्तानी स्पिनरको शतक

तस्बिरः एजेन्सी

वल्र्ड टेस्ट च्याम्पियनसीप अन्तर्गत अष्ट्रेलिया र पाकिस्तानबीचको टेस्ट श्रृंखला निकै एकतर्फी बनिरहेको छ । पहिलो टेस्टमा इनिङ विजय हासिल गरेको अष्ट्रेलियाले दोस्रो जारी टेस्टमा पनि पाकिस्तामािथ दबदवा बनाइराखेको छ।

दोस्रो टेस्टमा अष्ट्रेलियाका ओपनर डेभिड वार्नर पाकिस्तानी बलरहरुमाथि हाबी हुँदै अविजित तेहरो सतक प्रहार गरे। उनको उत्कृष्ट ब्याटिङसँगै अष्ट्रेलियाले मात्र ३ विकेट गुमाएर ५८९ रन जोड्न सफल भएको छ। अष्ट्रेलियाका युवा ब्याट्सम्यान मार्नुस लबुस्चाङ्गेले एक सय ६२ रनको शतकीय पारी खेले।

 जवाफी ब्याटिङ आएको पाकिस्तान ६ विकेटमा ८९ रनमा पुगेको छ।

पाकिस्तानलाई बबर आजम र यासिर साहको पार्टनरसीपले राहत दिएको छ। आजम सतकबाट तीन रनले चुके। तर, आठौं नम्बरमा आएका स्पिनर यासिर साहले एक सय १३ रनको मद्दतले पाकिस्तानले ३ सय २ रनको स्कोर बनाए।

अष्ट्रेलियाका मिचेल स्टार्कले एक्लैले ६ विकेट लिए।

प्रकाशित मिति: : 2019-12-01 15:19:39

प्रतिकृया दिनुहोस्