रहेनन् मदन पुरस्कार विजेता विलियम बर्क

तस्बिरः एजेन्सी

२०५१ सालको मदन पुरस्कार विजेता विलियम बर्कको निधन भएको छ।

९४ वर्षीय बर्कको गत शुक्रबार दार्जलिङमा निधन भएको मदन पुरस्कार गुठीले जानकारी दिएको छ।

क्यानडामा जन्मेका बर्कले ‘सही शब्द’ शीर्षकको पर्याय–विपर्यायवाची शब्दकोषका लागि मदन पुरस्कार प्राप्त गरेका थिए। 

अध्ययन समाप्त भएपछि प्रारम्भमा उनले १२ वर्षजति अध्यापन गरे। सुरुमा हिन्दी माध्यमको विद्यालयमा अध्यापन गरेका उनले पछि सन् १९८० को दशकमा प्राथमिक भाषा नेपाली भएको सेन्ट रोबर्टस् उच्च विद्यालय, दार्जिलिङको प्रधानाध्यापक पनि बने।

प्रकाशित मिति: : 2019-12-01 13:49:37

प्रतिकृया दिनुहोस्