इंग्लिस प्रिमियर लिग: न्युक्यास्टलसँग सिटी बराबरीमा राेकियाे

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिगमा साबिक विजेता म्यानचेस्टर सिटी बराबरी रोकिएको छ।

शनिबार भएको खेलमा न्युक्यास्टलले घरेलु मैदानमा सिटीलाई २–२ को बराबरीमा रोकेको हो। रोमाञ्चक खेलमा पाहुना टोली सिटीले खेलमा दुई पटक अग्रता लिए पनि जोगाउन नसक्दा बराबरीमा चित्त बुझायो।

सिटीका लागि रहिम स्ट्रर्लिङ र केभिन डी ब्रुयनले समान एक एक गोल गरे। यता न्युक्यास्टलका लागि जेट्रो विलियम्स र जोन्जो शेल्भेले एक एक गोल गरे।

खेलको २२ औं मिनेटमा नै स्ट्रर्लिङले गोल गरे। तर २५ औं मिनेटमा नै न्युक्यास्टलका विलियम्सले गोल गर्दै खेल बराबरीमा ल्याए।

८२ औं मिनेटमा सिटीले फेरि  ब्रुयनको गोल मार्फत १–२ को अग्रता बनायो। तर,उक्त अग्रता पनि ८८ औं मिनेटमा न्युक्यास्टलका शेल्भेले  तोड्दै सिटीलाई बराबरीमा रोके।

यो बराबरीसँगै सिटी १४ खेलमा ३१ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ। १५ अंक जोडेको न्युकासल १४ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-11-30 20:24:31

प्रतिकृया दिनुहोस्